Learnings

 यो मैले कसैलाई प्रवचन दिन वा पैसा कमाउन एउटा सोची सम्झी लेखेको लेख होइन। जे मेरो जीवनमा घट्यो र जे मैले सिके त्यो कुरा तपाई सामु राख्न खोजेको मात्र हु। के थाहा यो पढेर तपाइको जीवनमा केहि परिवर्तन आउछ कि ? 

सुत्न खोजेको २ घन्टा भैसक्दा पनि सुत्न नसकेर लेखेको मेरो जीवनको व्यथा हो।  व्यथा पोखेर पक्कै पनि मैले गरेका गल्तिहरुत सच्चिनन तर मन भने पक्कै पनि हलुङ्गो हुन्छ र केहि समयको लागि भए पनि बाच्न सजिलो हुन्छ। 

मानिसको आधि जीवन ढल्की सकेपछि जब यसो पछाडी फर्केर हेरिन्छ अनि केहि देखिदैन , बाच्ने आधारनै सकिए जस्तो लाग्ने रहेछ। पटक पटक जब पछाडी फर्केर हेर्ने गर्च्दछु केहि उपलब्धि हासिल नगरेको देख्दा मन सारै दुख्ने गर्दछ अनि आफैलाई प्रस्न गरिन्छ किन यस्तो , किन केहि पनि देखिदैन, के बाच्नु  र अन्तिममा मरेरै हराई जान नै मानव यो संसारमा आएको हो? मरेर गए पनि बाची रहन मैले के गरे ? मैले जे जति यो प्रकृति बाट लिए के मैले त्यो फर्काउन सके ? के मैले कसैको एउटा छोरा , भाई ,दाई भएको कर्तव्य पूरा गर्न सके?  यदि सकेन भने किन सकिन?

हामीले एउटा असल जीवन बाच्न के गर्नु पर्दछ ?

  • कुनै पनि मानिश्ले आफ्नो जीवन त्यो छेत्रमा समर्पित गर्नु पर्दछ जसमा उसको रुचि हुन्छ। मैले यो गरिन र तेसै कारण आज मेरो मनमा यस्ता कुरा केलाई रहेका छन्। यदि चन्द्रमा हेर्नु छ भने आकाश तिरै हेर्नु पर्दछ। 
  • कुनै कारण बस बाटो मुख्य बाटो बिराई आर्को बाटो हिनियो भने ,नया बाटोमा गुनगुनाउनु जान्नु पर्दछ , गुनगुनाइएन भने यात्रा निकै कठोर हुने गर्दछ। 
  • नया बाटोमा हिनी सकेपछि पूरानो गन्तव्यको अपेक्षा राख्नु अलि उचित हुदैन। 
  • समय र अनुशासन आफु बाट कहिले टाडा नराख्नु होला। यी दुई कुरा तपाइको जीवनमा भएनन्  भने गन्तव्य सम्म पुग्न लगभग असम्भव नै हो। 
  • मैले नत समयमै समयको महत्व बुझे नत अनुशासनको परिभाषा र त्यसैले गर्दा आज पछुताउनु परिरहेको छ। 
  • मानिश ढिलो चाडो सिक्छ तर विश्वास गर्नुस चाडो सिकेकै राम्रो , ढिला सिक्न हामी सँग तेत्रो समय छैन। 
  • अमुल्य जीवनको मूल्य तब मात्र हामि बुझ्न सुरु गर्दछौ जब हामि पनि मैदानमा उत्रिएर दौड्न सुरु गर्दछौ। 
  • रिश , डाह मानिसको सत्रुहो हामी सँगै आउछ र हामि सँगै जान्छ तर यसलाई आफु माथि हाबी हुन दिनु हुदैन। 
  • जहाँ , जो बाट हामी केहि कुरा ग्रहण गरि राखेका छौ त्यो कुराको हृदय देखि सम्मान गर्नु एकदम आवश्यक हुने गर्दछ।  चाहे त्यो प्रकृति बाट होस् ,चाहे आमा बुबा बाट,चाहे गुरु बाट। एउटा विशिष्ट प्राणीको हैसियतमा हामी आफुलाई राख्छौ भने त्यसै अनुसारको हाम्रो व्यवहार हुनु पर्दछ र त्यसै अनुसारको सम्मानको पनि प्राप्ति हुन्छ।
  • मानिश्ले असल जीवन बाच्ने तरिका खोजिरहनु पर्दछ। 
  • कुविचार मनमा नल्याउनुस किन भने कुविचारले कुकर्म निम्त्याउने गर्दछ।

Written by Veer

Notes on technology, markets and mindset. About this blog

Newer articleNewer Post Older articleOlder Post

No comments

Headlines & contact

Tap a headline to read a preview right here, no redirect. News from Nepal and India, plus a way to reach me

Online Khabar

  • Loading live news...

The Kathmandu Post

  • Loading live news...

Contact Me